दाहाल–नेपाल पक्षको सचिवालय बैठकको निर्णयः देशव्यापी आन्दोलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाहाल–नेपाल पक्षको सचिवालय बैठकको निर्णयः देशव्यापी आन्दोलन गर्ने

काठमाडौं, ११ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षको सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको बैठकमा प्रतिनिधिसभा विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै पार्टीले गर्न लागेको देशव्यापी आन्दोलनका बारेमा समीक्षा भएको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।

बैठकमा अध्यक्ष दाहाल, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । यसअघि दाहाल–नेपाल पक्षको नेकपाको बैठकले एक हप्ताभित्र प्रदेश समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

पुस १४ गते सम्पूर्ण जिल्लामा संसद विघटनको विरुद्धमा बिरोध प्रदर्शन गर्ने, पुष १४ गतेसम्ममा सबै जनवर्गिय संगठनहरुको केन्द्रीय बैठक तथा भेलाको आयोजना गर्ने, पुष २० गतेभित्र नगरपालिका र गाउँपालिका स्तरमा बैठक, भेला गर्ने र पुष २५ गतेभित्र सबै वडाहरूमा बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);