गण्डकी र लुम्बिनी प्रदेश इन्चार्ज परिवर्तन गर्ने दाहाल–नेपाल पक्षको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

गण्डकी र लुम्बिनी प्रदेश इन्चार्ज परिवर्तन गर्ने दाहाल–नेपाल पक्षको निर्णय

काठमाडौं, २० पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकिकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो ।

टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीको बारेमा तथा पार्टी संगठनको एकिकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिन भित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उहाँले बताउनुभयो ।

बैठकले असंवैधानिक कदमका विरुद्ध अन्य राजनीतिक पार्टीहरु सँगपनि वार्ता गरी संयुक्त संघर्ष गर्ने पहललाई जारी राख्ने निर्णय पनि गरेको छ । पार्टीको केन्द्रीय संघर्षको अतिरिक्त प्रदेश, जिल्ला, पालिकास्तर तथा वडास्तरसम्म संघर्ष समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनविरुद्धको संघर्ष सफल पार्न र पार्टी एवम् कम्युनिष्ट आन्दोलन विरोधीलाई परास्त पार्न दृढतापूर्वक अघि बढ्न आव्हान गर्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);