अध्यक्ष दाहाललाई दिएको अधिकार खारेज गर्ने ओली समूह बैठकको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

अध्यक्ष दाहाललाई दिएको अधिकार खारेज गर्ने ओली समूह बैठकको निर्णय

काठमाडौं, ९ पुष । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरेको छ ।

नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरिएको बताउनुभयो । 

बैठकले सातै प्रदेशमा पार्टी कामको संयोजन गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । प्रदेश नम्बर १ मा सुभाषचन्द्र नेम्वाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई पार्टी संयोजनको जिम्मा दिने निर्णय बैठकले गरेको हो ।

त्यसैगरी जनसंगठनको संयोजन गर्ने जिम्मा टोपबहादुर रायमाझी र उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको महासचिव पौडेलले बताउनुभयो । बैठकले आगामी दिनमा पार्टीको बैठक राखि आवश्यक निर्णय गर्न सक्ने अधिकार स्थायी कमिटीलाई दिने निर्णय पनि गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);