प्रचण्डको नेतृत्वमा माओवादीको कोभिड नियन्त्रण इकाई बनाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्डको नेतृत्वमा माओवादीको कोभिड नियन्त्रण इकाई बनाउने

काठमाडौं । नेकपा (माओवादी) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले स्थानीय तहसम्मै हुने गरी त्यस्तो संरचना बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेस साहले बताएका छन् ।

‘प्रचण्डको कमाण्डमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने, सदस्य संख्या भने नारायणकाजी श्रेष्ठ लगायतसँग छलफल गरेर टुंग्याउने र संख्या सकेसम्म सानो निर्णय भएको उनले बताएका छन् ।

यस अन्तर्गत प्रदेश र स्थानीय तहसम्म कोभिड इकाई रहने छन् उनले भने । प्रदेशमा भने पार्टीका प्रदेश इन्चार्जले त्यसको नेतृत्व गर्ने छन् ।’ बैठकले त्यस्तो युनिट पाँच दिनभित्र बनाइ सक्न पार्टी कमिटीमा सर्कुलर पठाउने निर्णय गरेको छ ।सरकार कोरोना नियन्त्रणमा असफल भएको र कमिसन तन्त्रमा फसेको निष्कर्ष निकाल्दै सीसीएमसी खारेजको माग समेत गर्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी नेताहरूको टोली ज्ञापन पत्र बुझाउन जाने छ । ज्ञापन पत्रको तयारी गर्ने जिम्मा बैठकले स्थायी कमिटी सदस्य वर्षमान पुनलाई दिएको छ । यत्ता, कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय पनि बेठकले गरेको बताएको छ । कोषमा सरकारबाट सेवा सुविधा लिने पार्टीका नेता तथा कार्यकर्ताले केही रकम बुझाउने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);