महामारीको समयमा कुनै कार्यक्रम नगर्ने माओवादी केन्द्रको निर्णय,राजनीतिक एजेण्डा भने यथावत कायम | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०७९, बिहीबार

महामारीको समयमा कुनै कार्यक्रम नगर्ने माओवादी केन्द्रको निर्णय,राजनीतिक एजेण्डा भने यथावत कायम

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी दुवै तवरबट प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी स्थायी कमिटी बैठकले कोरोना महामारीका समयमा कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका हुन् ।

माओवादी केन्द्रले वर्तमान ओली सरकारले देशलाई प्रतिगमणतर्फ लगेको भन्दै संसद पुन स्थापना गर्ने विषयमा समेत छलफल भएको नेता श्रेष्ठले बताएका छन् । त्यस्तै शनिबारनै संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे सामान धारणा बनाउन शनिबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो, जसले संसद विघटनलाई असंवैधानिक भन्दै राजनीतिक तथा कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

लगत्तै पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले पनि संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भनेको छ । र, यसको संवैधानिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । राजनीतिक रुपमा गर्ने प्रतिवाद कस्तो हुन्छ भन्ने प्रश्नमा माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘हामी कोरोना महामारीको भयावह संकटबाट गुज्रिरहेका छौं । यो पक्षलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम गर्दैनौं ।

उनका अनुसार महामारीसँग जुधिरहेका जनतालाई सहयोग गर्न वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गर्ने निर्णय भएको छ भने असंवैधनिक कदमको प्रतिवाद गर्न र राष्ट्रिय स्वाधिनता रक्षाको पक्षमा उभिन अपील गरेको छ ।

हेर्नुहोस् नेकपा माओवादी केन्द्रको निर्णय

Leave a Reply