माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएको प्रधानमन्त्रीको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएको प्रधानमन्त्रीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएकै कारण कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझिद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरुको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागको तर्क गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले भने ‘आजपनि हामी देख्न सक्छौँ, आन्दोलनकाविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, विभत्स, कुरुपताको हद पनि विभत्स, अनुशासनहिनताको, अराजकताको, र विपक्षीसँग मिलेर विरोधीहरुसँग मिलेर, नेपालमा छरिएको, नेपालभरी फिजिँएको उज्यालोलाई निभाउने देशी, विदेशी जनविरोधी, प्रतिक्रियावादी शक्तिहरु जुन छन्, तिनीहरुको मतियार भएर, तिनीहरुको सेवक भएर निर्लज्जतापूर्वक अहिलेपनि आन्दोलनका विरुद्धमा लाग्ने तत्वहरु देखिएका छन् ।’

प्रधानमन्त्री ओलीले प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिका विच उचाईमा पु¥याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाईएको आरोप लगाएका छन् । अदालतको फैसला अगावै पार्टी फुटाएर पार्टी फुटको दोष अदालतलाई लगाइएको ओलीको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);