माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु, अध्यक्ष दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु, अध्यक्ष दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिबार बस्दै छ ।

शनिबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरिने कार्यसूची रहको छ । यसअघि शुक्रबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले शतिबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको थियो ।

पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्न पनि शुक्रबारको बैठकले अनुरोध गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनका लागि अबको चार महिना केन्द्रीत हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिएका छन् ।

Leave a Reply

ताजा समाचार