लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सकियो

बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै ४ दलले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसामु समावेदन गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले डाकेको अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको हो ।

संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भए पनि बैठक चलिरहँदा प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि प्रदेश सभामा प्रदेश प्रमुखले पठाएको राजीनामासम्बन्धी पत्र सुनाएर अधिवेशनको बैठक स्थगित भएको थियो।

यसपछि चारदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);