लुम्बिनीमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न प्रदेश प्रमुख शेरचनको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

लुम्बिनीमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न प्रदेश प्रमुख शेरचनको आह्वान

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई न्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न बुधबार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बस्नु अघि नै पोखरेलले राजिनामा दिएका हुन् ।

यसअघि पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि सुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको थियो । विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);