लुम्बिनीमा एक साताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लुम्बिनीमा एक साताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि एक साताको समय दिएका छन् ।

शेरचनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);