३५ चालकलाई साविककै स्थानमा व्यवस्था मिलाउन गृहलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

३५ चालकलाई साविककै स्थानमा व्यवस्था मिलाउन गृहलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई साविकको स्थानमा कामकाजको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

गृहमन्त्रालयले अनावश्यक रुपमा विभिन्न व्यक्तिको सुरक्षा, सहयोग, चालकको रुपमा खटिएका प्रहरी कर्मचारीहरुलाई फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले ३५ जना सवारी चालकलाई फिर्ता नगरिदिन निर्देशन दिएको हो ।

कार्यालयले बालुवाटारमा कार्यरत सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर रुपमा कामकाज गर्ने गरी व्यवस्थापन मिलाउन कार्यालयले आदेश दिएको हो ।

कार्यालयले ३५ जनाको नामावली गृहमा पठाएको छ । जसमा १३ जना प्रहरी जवान र १४ जना हवल्दार छन् । चार जना प्रहरी सहायक निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एक प्रहरी नायव निरीक्षक, एक वरिष्ठ हबल्दार र एक सहायक हबल्दार छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);