राप्रपा सरकारमा जाने, लिङदेन उपप्रधानमन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

राप्रपा सरकारमा जाने, लिङदेन उपप्रधानमन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने भएको छ । सत्ता गठबन्धनको चौथो ठुलो दल राप्रपा ३ मन्त्रालयसहित अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा सरकारमा जाने भएको हो ।

लिङदेन उपप्रधानमन्त्रीसहित सरकारमा जाने भएका छन् । राप्रपाले २ मन्त्रिसहित एक राज्यमन्त्री पाउने भएको छ । संघमा मन्त्री पाएसँगै बाग्मतीका प्रदेशमा मुख्यमन्त्रीको दाबी छाड्ने भएको छ । लिङदेनसँगै महामन्त्री धवल शमशेर जबरा, बृद्धिमान तामाङ, धु्रव बहादुर प्रधान, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही मुख्य दाबेदार देखिएका छन् । विक्रम पाण्डे भ्रष्टाचार मुद्दामा मुछिएका छन् ।

मकवानपुरबाट निर्वाचित दीपकबहादुर सिंह प्रमुख सचेतक हुने र दोस्रो चरणमा मन्त्री बन्ने सम्भावना देखिएको छ । राप्रपाको प्रत्यक्ष निर्वाचित ७ गरी प्रतिनिधि सभामा १४ सिट छ । पशुपति शमशेर जबरा अन्तिम पटक राजकिय जिम्मेवारीमा बस्न चाहेको नेताहरु बताउछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);