पत्रकारलाई संसदीय रिपोर्टिङमा कडाइ गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

पत्रकारलाई संसदीय रिपोर्टिङमा कडाइ गरिदै

 

काठमाडौं । संघीय संसद सचिवालयले पत्रकारलाई रिपोर्टिङमा कडाई गर्ने भएको छ । सचिवलायले पत्रकारको प्रवेशका पास सम्बन्धि मापदण्ड संशोधन गर्ने तयारी गरिरहेको छ ।

संसदमा सञ्चारकर्मीको प्रवेश पाससम्बन्धि मापदण्ड, २०७० लाई संशोधन गर्दैै पत्रकारको प्रवेश पाससम्बन्धि मापदण्ड, २०७९ को मस्यौदा सचिवालयले तयार गरेको हो । बुधबार संसदीय मामिला पत्रकार समाज तथा संसदीय रिपोटिङ गर्दै आएका पत्रकारहरुसँग पनि छलफल गरेको छ । पत्रकारहरुले मापदण्डसम्बन्धि आ–आफ्ना सुझाव राखेका थिए ।

सचिवालयले तयार गरेको संसदमा पत्रकारको प्रवेश पाससम्बन्धि मापदण्डमा कम्तीमा २ वर्षको जुनसुकै क्षेत्रको रिपोटिङको अनुभव भएको, कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण वा सो सरहको योग्यता हासिल गरेको पत्रकारलाई प्राथमिकता दिएर सिफारिस गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);