जुम्लाका पत्रकारलाई आधारभूत तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जुम्लाका पत्रकारलाई आधारभूत तालिम

जुम्ला। जुम्लाका पत्रकारका लागि १५ दिने तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ जुम्ला शाखाको समन्वयमा र वर्षा मल्टी प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशील पत्रकारलाई रेडियो पत्रकारिता, उद्घोषण तथा आधारभूत पत्रकारिता सम्बन्धित तालिम बुधबार सुरु भएको हो।

बेरोजगार युवा युवतीको लागि सिपविकास कार्यक्रमअन्तरग सामाजिक विकास कार्यालयले जुम्लाले पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो । त्यस्तै पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिहं कठायतले पत्रकारिताको मर्यादित बनाउनका लागि नगरपालिका तयार रहेको बताए। उनले यस्ता कार्यक्रम आवश्यकता अनुसार पटक-पटक गर्नु पर्ने बताए । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पत्रकारले एक पक्षीय समाचार लेख्न नहुने बताए । त्यस्तै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले पत्रकारिता समस्या उजार गर्ने पहिलो माध्यम भएको बताइन्। उनले पत्रकारले प्रत्येक बस्तीमा पुगेर आवाज विहीनको  सारथि बन्नु पर्नेमा जोड दिइन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);