राप्रपा सत्तामा कि राजसंस्थाको एजेण्डामा ( भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

राप्रपा सत्तामा कि राजसंस्थाको एजेण्डामा ( भिडियो सहित )

बटुकराज गिरि , माउन्टेन टेलिभिजन । पञ्चायती व्यवस्थाको अन्त्यसँगै गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी तीन दशकको अवधिमा पटक पटकको विभाजन झेल्यो । राप्रपा कुनै समय सत्ता राजनीतिको निर्णायक शक्ति समेत बनेको थियो । गणतन्त्र स्थापनापछि पुरानै एजेन्डासहित हरेक चुनावमा प्रतिस्पर्धा गदै आएको राप्रपाले यो पटक भने केही उत्साहजनक सफलता पाएको छ । अघिल्लो पटक राष्ट्रिय पार्टी समेत बन्न नपाएको उसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ सिट र प्रदेश सभामा ११ सिट जितेको छ । हालको शासकीय स्वरूप प्रदेशको खारेजी गर्दै केन्द्र र स्थानीय तह बलियो बनाउने प्रस्तावलाई चुनावी एजेण्डा बनाएर मैदानमा होमिएका राप्रपाले यसपट सिट संख्या मात्रै बढाएको छैन आफुलाई राष्ट्रिय पार्टीमा उभ्याएको छ । राप्रपाले संसदमा खेल्ने भूमिकाप्रति धेरैको चासो छ ।

२०७८ मंसिरमा भएको एकता महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङदेनले राप्रपाका पूर्व अध्यक्ष कपल थापालाई हराएपछि थापाले पार्टी नै परित्याग गर्नुभयो ।२०७४ सालमा एक सिट मात्रै जित हासिल गरेको राप्रपा त्यसबेला राष्ट्रिय दल पनि हुन सकेको थिएन । यसटक झापा–३ बाट अध्यक्ष राजेन्द्र लिङदेन, चितवन ३ बाट विक्रम पाण्डे, मकवानपुर १ बाट दिपकबहादुर सिंह, नवलपरासी पश्चिम २ बाट धुब्रबहादुर प्रधान, बाँके २ बाट धवलशमशेर जबरा, रुपन्देही ३ बाट दीपक बोहरा, जुम्ला १ बाट ज्ञानेन्द्र शाहीले चुनाव जित्नुभएको छ ।

सरकार गठन गर्न कसैको पनि बहुमत पुगेको छैन । यतिबेला राप्रपा सरकारमा जाने मनस्थितिमा देखिँदैन ।देशको अभिभावकका रूपमा राष्ट्रपतिको सट्टा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र हिन्दू राष्ट्र प्रमुख एजेण्डा वोकेको राप्रपाको संसदमा अबको ५ वर्ष कस्तो भूमिका रहला हेर्न बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);