राप्रपाको केन्द्रीय समिति विस्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राप्रपाको केन्द्रीय समिति विस्तार

काठमाडाैं, २५ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय समिति विस्तार गरेको छ । आइतबार राप्रपाले ४०० जना केन्द्रीय सदस्य थपेर केन्द्रीय समिति ७२७ सदस्सीय बनाएको हो । पार्टीका तीन अध्यक्षहरुको भागबण्डाको आधारमा केन्द्रीय समिति विस्तार गरिएको बताइएको छ ।

आकाँक्षी धेरै भएपछि केन्द्रीय समितिमा ४ सय जना सदस्य थपिएको हो । पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धी आधारपत्र बमोजिम तीन अध्यक्षको सहमतिमा केन्द्रीय कार्य समिति विस्तार गरिएको पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि गत जेठ २९ मा राप्रपाले ३२७ जनाको केन्द्रीय समिति गठन गरेको थियो ।

सोही बेला राप्रपाले ८२ जनाको कार्यसम्पादन समिति र १३ सदस्सीय सचिवालय कार्य व्यवस्था समिति समेत गठन गरेको थियो । तत्कालीन राप्रपा र राप्रपा संयुक्त एकीकरण भएको पार्टीमा हाल कमल थापा, पशुपति शमशेर राण र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहनुभएको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द केन्द्रीय समिति र कार्यसम्पादन समितिको पदेन सदस्य हुनुहुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);