राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीनै जना अध्यक्षले जिल्ला अध्यक्षहरुसँग गरे छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीनै जना अध्यक्षले जिल्ला अध्यक्षहरुसँग गरे छलफल

काठमाडाैं, १ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीनै जना अध्यक्षक्ले जिल्ला अध्यक्षहरुसँग छलफल गर्नुभएको छ ।

राप्रपाका तीन जना अध्यक्ष कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले शनिबार ३३ जिल्ला अध्यक्षहरुसँग गरिएको भिडियो कन्फरेन्समा सम्बोधन गर्नुभएको हो ।

भिडियो कन्फरेन्समा पार्टीको सदस्यता वितरण, महाधिवेशनको तयारी, स्थानीय तहसम्म समायोजन तथा जनवर्गीय संगठन विस्तार गर्ने लगायतका विषयमा छलफल भएको राप्रपाका सचिवालय सदस्य राजाराम बतौलाले बताउनुभयो ।

छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ केन्द्रीय सचिवालयका सदस्यहरु भाष्कर भद्रा र धुव्रबहादुर प्रधानले दिनुभएको थियो । आइतबार बाँकी जिल्लाका अध्यक्षहरुसँग भिडियो कन्फरेन्स आयोजना गरिने राप्रपाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);