राप्रपाले समान विचारधारा भएका व्यक्तिसँग वार्ता छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

राप्रपाले समान विचारधारा भएका व्यक्तिसँग वार्ता छलफल गर्दै

raprapa

काठमाडाैं । संवैधानिक राजसंस्था र हिन्दु राज्यको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समान विचारधारा भएका समूह र व्यक्ति संग वार्ता गर्न समिति गठन गरेको छ ।

राप्रपा कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बुधबार बसेको केन्द्रीय विशेष समितिको बैठकले वार्ता टोली गठन गरेको हो ।

नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित समितिका सदस्यमा नेताहरु जगत गौचन र ऋषिबाबु परियार सदस्य छन् ।

यस्तै बैठकले नेता उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ भने बुद्धिजीवीसंग अन्तक्र्रिया गर्न भुवन पाठकको संयोकत्वमा प्रा.डा. जयन्दनाथ खनाल र प्रा.डा. यादव प्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति पनि बनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);