कमल थापा नेतृत्वको राप्रपा सरकारसँग वार्ता गर्न तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कमल थापा नेतृत्वको राप्रपा सरकारसँग वार्ता गर्न तयार

कमल थापा

काठमाडौं, ९ बैशाख । हिन्दू राष्ट्रसहित बिभिन्न २२ बुँदे मागहरु राखी सडक संघर्षमा उत्रिएको कमल थापा नेतृत्वको राप्रपा सरकारसँग वार्ता गर्न तयार भएको छ ।

कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमी सकरात्मक भन्दै सोमबार वार्ता समिति गठन गरेको छ । पार्टीका बरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको राप्रपाले जनाएको छ ।

समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरंजन थापा रहेको छन् । वार्ता मंगलबार हुनेछ । राप्रपाले गत फागुन ७ गते हिन्दू राष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);