मंगलबारदेखि ललितपुरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

मंगलबारदेखि ललितपुरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन

पुष्पा पोखरेल
काठमाडौं, ९ बैशाख । मंगलबारदेखि ललितपुरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदैछ । ६ सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता हुने सम्मेलनमा युवा वैज्ञानिकहरुले गरेको अनुसन्धान र विज्ञान तथा प्रविधिको विकासको लागि भावी नीतिकाबारेमा छलफल हुनेछ ।

प्रदेश ३ को उद्योग, वन तथा वातावरण मन्त्रालयको आयोजना र त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रिकास्टको समन्वयमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन लागेको अाज अायाेजित पत्रकार सम्मेलनमा जनाइएकाे छ ।

सम्मेलनको मुल नारा समृद्घिका लागि विज्ञान तथा प्रविधि नवप्रवद्र्घन र उदमशीलताको सशक्तिकरण भन्ने रहेको छ । सम्मेलन बैशाख १० र ११ गते दुई दिनसम्म हुने छ । वैज्ञानिक संस्कार र सहकार्यलाई प्रोत्साहित गर्न विद्यालय तहका विद्यार्र्थीहरुका साथै विश्वविद्यालयका युवा शोधकर्ताहरु, विज्ञान प्रविधि र इनोभेसनमा शृजनशील युवाहरुको प्रतिभालाई देशको समृद्घिसँग जोडनु यो सम्मेलनको मुख्य उद्देश्य रहेको त्रिवि रिकास्टका कार्यकारी निर्देशक प्रा.डा. रामेश्वरप्रसाद अधिकारीले बताए ।

युवा वैज्ञानिक सम्मेलनमा ७ वटै प्रदेशका युवा वैज्ञानिकहरुद्घारा प्रस्तुत हुने १२० भन्दा बढि कार्यपत्रमाथि छलफल हुनेछ । देशभरबाट छानिएर आएका विज्ञान तथा प्रविधिको विधामा अनुसन्धानरत युवा वैज्ञानिक तथा शृजनशील नवप्रवद्र्घकहरुको बीचमा निबन्ध लेखन, कलाकारिता तथा पोस्टर प्रदर्शन तथा अनुसन्धान पत्र प्रस्तुतिकरण जस्ता कार्यक्रम हुनेछन् ।

नेपाल भित्र भएका विज्ञान तथा प्रविधि क्षेत्रका नव प्रतिभाहरुलाई थप प्रोत्साहन तथा हौसला प्रदान गर्नका लागि सम्मेलन गर्न लागेको आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विधागत प्रतिस्पर्धामा उत्कृष्ट हुने युवा वैज्ञानिकहरुलाई कदर पत्र तथा नगद पुरस्कार सहित सम्मान गरिने छ । कार्यक्रममा युवा उद्यमीहरुलाई समेत पुरस्कृत गर्ने कार्यक्रम रहेको आयोजकल बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);