ललितपुरमा युवा वैज्ञानिक सम्मेलन शुरु | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

ललितपुरमा युवा वैज्ञानिक सम्मेलन शुरु

baigyanik sammelan suru

पुष्पा पोखरेल

ललितपुर, १० बैशाख । ‘समृद्धिका लागि विज्ञान तथा प्रविधि नवप्रवद्र्घन र उदमशीलताको सशक्तिकरण’ भन्ने उदेस्य सहित ललितपुरमा युवा वैज्ञानिक सम्मेलन सुरु भएको हो । उद्योग, वन तथा वातावरण मन्त्रालयको मुख्य आयोजनमा शुरु भएको सम्मेलनले वैज्ञानिकहरुको बीचमा आपसी अनुशासन, भाइचारा, एकता र सहकार्यलाई प्रवद्र्घन गर्ने मद्धत पुग्ने आयोजकको भनाई छ ।

 सम्मेलनको उद्घाटन गदै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले देशको विकास युवा बैज्ञानिकबाट मात्र सम्भव भएको बताए । उनले विज्ञान प्रवृधीलाई वृहत विकास गर्नूपर्ने आजको आवश्यकता रहेको समेत बताए ।

२ दिनसम्म चल्ने सम्मेलनमा देश भित्रबाट छानिएर आएका वैज्ञानिकहरु सहभागी छन् । सम्मेलनमा ७ वटै प्रदेशका युवा वैज्ञानिकहरुले १ सय २० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । लेखन, कलाकारिता तथा पोस्टर प्रदर्शन तथा अनुसन्धान पत्र प्रस्तुतिकरण जस्ता कार्यक्रम रहेको आयोजकले जनाएको छ । सम्मेलनमा युवा वैज्ञानिकहरुको बीचमा आपसी अनुशासन, भाइचारा, एकता र सहकार्यलाइ प्रवद्र्घन गर्ने आस राखिएको छ ।

त्यसैगरी, वैज्ञानिक संस्कार र सहकार्यलाई प्रोत्साहित गर्न विद्यालय तहका विद्यार्र्थीहरु तथा विश्वविद्यालयका युवा शोधकर्ताहरु, विज्ञान प्रविधि र शृजनशील युवाहरुको प्रतिभालाई देशको समृद्घिसँग जोड्न फलदायी हुने कार्यक्रममा सहभागी वैज्ञानिकहरुको भनाई छ ।

बुधवार सम्पन्न हुने सम्मेलनमा ६ सय भन्दा वढी वैज्ञानिकहरु सहभागी छन् । देशको लामो द्धन्द्ध संगै युवा वैज्ञानिकहरु विदेश पलायन भईरहेका बेला यो सम्मेलनले थप आशा जगाएको कार्यक्रममा सहभागी अन्य वैज्ञानिकहरुको भनाई थियो ।

ताजा समाचार