देशको विकासका लागि वैज्ञानिक र दक्ष प्राविधिक जनशक्ति आवश्यक | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

देशको विकासका लागि वैज्ञानिक र दक्ष प्राविधिक जनशक्ति आवश्यक

job

पुष्पा पोखरेल
काठमाडौं, ३ बैशाख । देशको समग्र विकासका लागि वैज्ञानिक र दक्ष प्राविधिक जनशक्ति अहिले नेपालको लागि जल्दोबल्दो आवश्यकता हो । सरकारले पनि प्रविधिको विकास र वैज्ञानिकको उत्पादनमा सक्दो प्राथमिकता दिने बताउंदै आएको छ । तर नेपाली वैज्ञानिकहरु भने नेपालमा अध्ययन अनुसन्धानको लागि उपयुक्त वातावरण नभएको भन्दै गुनासो गरिहरहेका छन् ।

भनिन्छ विज्ञान भनेको आधुनिक संसारलाई चियाउने झ्याल मात्र होइन, कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड पनि हो । अहिलेको संसारमा आफ्नो देश अनुकुलको विज्ञान र प्रविधिको विकास नगरी आर्थिक विकास मात्र गर्छु भन्ने कुरा कोरा कल्पना मात्र हो ।

आज विश्वका विकसित देशहरुको इतिहासलाई हेर्दा विगतमा उनिहरुले गरेको विज्ञान तथा प्रविधिको क्षेत्रमा बृहत लगानीको परिणाम मान्न सकिन्छ । आर्थिक रुपमै विश्वको १ नम्बरमा लम्किएको चीनलाई हेर्ने हो भने पनि त्यो कुरा प्रष्ट हुन्छ ।

दिगो विकास स्वच्छ प्रतिस्पर्धाका लागि राज्यका सबै निकायको अहंम भुमिका रहेको हुन्छ । विकासले नै आर्थिक वृद्घि गर्ने हो । । विकासले मानव जीवनमा आएको गुणात्मक बृद्घिलाई सँकेत गर्दछ । जस्ले मानिसहरुको आवस्यकतालाई परिपुर्ति गर्न सहयोग पु¥याउँछ ।

विकासको मापन सामाजिक तथा आर्थिक मापनबाट गर्न सकिन्छ । नेपालमा पनि प्रत्येक वर्ष लाखौंको सँख्यामा विद्यार्थीहरु विज्ञान तथा प्रविधि विषय पढ्न विदेश जान्छन् । अध्ययनपछि उनीहरु स्वदेश फर्कनै चाहँदैनन् ।

नेपालमा वैज्ञानिकहरुले काम गर्ने वातावरण सरकारले सृजना गर्न नसक्दा यस्तो समस्या आउने गरेको बताउँछन् युवा वैज्ञानिक डा. जीतेन्द्र उपाध्याय ।

हाम्रो देश अविकसित हुनुको अनेकौ कारणहरु मध्ये विज्ञान तथा प्रविधिलाई उपेक्षा गरिनु र यसको विकासमा कुनै ठोस कदम नचालिनु पनि एक हो । गत वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा करिव १ लाख वैज्ञानिकहरु छन् तर ति सबै नेपालमा छैनन् । नीति निर्माण तहमा अहिलेसम्म पनि व्यवहारिक रुपमा यो क्षेत्र पर्दै परेन ।

नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना विज्ञान तथा प्रविधिको विकासका लागि भन्दा पनि आपसि राजनीतिक भागवण्डाका लागि मात्र स्थापना गरेको जस्तो देखिन्छ । यदि साँच्चिकै देशलाई अगाडि बढाउने हो भने विज्ञान तथा प्रविधिको विकासमा आर्थिक लगानी हुनु जरुरी छ ।

निजी क्षेत्र पनि अनुसन्धानको महत्वबाट पुरै बेखबर रहेको छ । अन्य वस्तुको उत्पादनको तुलनामा वैज्ञानिकको उत्पादन र विज्ञानको विकासमा निजी क्षेत्रबाट खासै लगानी भएको देखिंदैन । हाम्रा अध्ययन संस्थानहरु विश्वविद्यालय पनि परम्परागत पढाउने थलोको रुपमा मात्र देखिन्छ ।

वैज्ञानिक अनुसन्धान थलोको रुपमा अझै विकास हुन सकेको छैन । भएकी सीमित संस्थाहरुले यो आधुनिक विश्वलाई बुझ्ने युवा वैज्ञानिकहरुलाई समेट्न सकेको छैन । परिणाम, इच्छा नहुँदा नहुंदै पनि ति तेज युवाहरु अध्ययन, अनुसन्धान वा कामको नाममा दिनदिनै विदेश पलायन हुन बाध्य छन् । सरकारले पनि उनीहरुलाई रोक्न सकिरहेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);