चिया कफी क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्ने सम्झौता पत्रमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

चिया कफी क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, २८ भदौ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषदबीच चिया कफी क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिया कफी क्षेत्र विकासका लागि लागि अधययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने कार्यमा योगदान पु¥याउने समझदारीपत्रमा आज हस्ताक्षर भएको हो ।

देशका हावापानी सुहाउँदा चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकासका लागि अनुसन्धान गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोगकिरा सहनसक्ने नेपाली चिया कफीको नयाँ जात उन्मोचनका लागि अनुसन्धान गर्ने विषय समझदारीपत्रमा उल्लेख छन् ।

यस्तै चिया तथा कफी विकासमा देखा परेका र भविष्यमा देखा पर्न सक्ने रोग, उत्पादन र उत्पादकत्व लगायत समस्या समाधानका लागि अधययन गर्ने, चिया तथा कफी विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका लागि उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन जैविक, आनुवंशिक भौतिक रसायनिक भौगोलिक, जलवायु तथा वातावरणीय तथ्याङ्कहरुको डिजिटल डाटाबेस बनाउने र प्रकाशन गर्ने विषयमा पनि समझदारी भएको छ ।

यस्तै जलवायु परिवर्तनले नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउन सक्ने समस्या र त्यसको न्यूनकिरणक लागि अध्यय गर्ने, अध्ययन, अनुसन्धान, तालिम र दक्ष जनशक्ति उत्पादन तथा उच्च शिक्षा नवप्रवर्तन र क्षमता विकासका कार्यक्रलाई उपयोगी, प्रयोगात्मक बनाउन सहकार्य गर्ने विषयमा समझादारी भएको हो ।

बार्डका तर्फबाट कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराई र परिषदका तर्फबाट कार्यकारी निर्देशक डा. दिपक भण्डारीले हस्ताक्षर गर्नुभएको सम्झौतामा दुबै पक्षले आफ्नो वार्षिक कार्यक्रम मार्फत बजेटको व्यवस्थापन गर्ने गर्ने सहमति पनि भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);