सोमबार सुनचाँदीको भाउमा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सोमबार सुनचाँदीको भाउमा वृद्धि

gold shop

काठमाडौं, २९ भदौ । सोमबार सुनको भाउमा वृद्धि भएको छ । यस दिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँ खरिदबिक्रीका लागि निर्धारण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा पनि सोमबार सुन तथा चाँदीको भाउ वृद्धि भएको छ । सोमबार सुन प्रति अउन्स एक हजार ९४६ डलरमा किनबेच भइरहेको छ । चाँदी पनि अन्तराष्ट्रिय बजारमा प्रतिअउन्स २६ डलर भन्दा बढिमा खरिदबिक्री भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);