मंगलबार सुनचाँदीको भाउमा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मंगलबार सुनचाँदीको भाउमा वृद्धि

gold shop

काठमाडौं, १३ असोज । मंगलबार सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ । यसदिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार सुनको भाउ स्थिर रहेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यद्यपी अघिल्लो साताको मंगलबार सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ । यसदिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);