बिहीबार पनि सुनको भाउ ओरालो लाग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बिहीबार पनि सुनको भाउ ओरालो लाग्यो

gold and silver

काठमाडौं, २२ असोज । बिहीबार पनि सुनको भाउ ओरोलो लागेको छ । यसदिन सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलामा ८०० रुपैयाँले गिरावट भई प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । केहि दिन यता सुनचाँदीको भाउमा सामान्य उतारचढाव देखिएको छ । चाँदीको मूल्य भने बिहीबार सामान्य वृद्धि भएको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा किनबेच हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);