आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो

२०८२,१,८

नेपाली बजारमा आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। यससँगै सुनको मूल्य हालसम्मकै उच्च भएको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य भने लगातार ४ दिन स्थिर रहेको छ। बिहीबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारसम्म पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Leave a Reply