आइतबार सुनको मूल्य ५ सय रुपैयाँले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आइतबार सुनको मूल्य ५ सय रुपैयाँले घट्याे

काठमाडाैं, १६ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । अघिल्लो साताको शुक्रबार पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३ सय ३५ रुपैयाँमामा कारोवार भएको चाँदी आज भने एक हजार ३ सय २५ रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);