सुन तोलामा पाँच सयले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

सुन तोलामा पाँच सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय र तेजाबी सुनको मूल्य ९६ हजार तीन सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको जनाएको छ । आज चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);