सुन तोलामा सात सय रुपैयाँले घट्यो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुन तोलामा सात सय रुपैयाँले घट्यो 

काठमाडौं।  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ । मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम  थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);