च्याउ खेतीबाट मनग्य आम्दानी, उत्पादन भन्दा बजारको माग धेरै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

च्याउ खेतीबाट मनग्य आम्दानी, उत्पादन भन्दा बजारको माग धेरै

श्याम गुप्ता
बारा, १५ फागुन ।
कृषि पेसामा फाईदा नहुँने भनाईलाई गलत सावित गर्दै बाराका युवा अहिले व्यावसायिक च्याउ खेतीमा रमाई रहेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमैं मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, बाराका ३ युवा ।

वैदेशिक रोजगारीबाट फर्के लगत्तै स्थानीय तीन युवा ईश्वर सापकोटा, उदयराज पाण्डे र किरण ओझाको समुहले च्याउ खोतिसँगै अर्गानिक तरकारी खेती र गड्यौला मल उत्पादन गर्दै आएका छन् ।

बाराको निजगढ नगरपालिका ८ मा १० कठ्ठा जमिन भडामा लिएर उहाँहरुले च्याउ खेती सुरु गरेका हुन् । जिल्लामा च्याउको माग धेरै रहेको तर स्थानीय उत्पादन भन्दा बहिरी जिल्लाबाट च्याउ आयात हुने गरेकोले बजारको माग अनुसार च्याउ खेती सुरु भएको हो ।

हरेक १५ दिनमा च्याउ विक्रीको लागि तयार हुने गरेको छ । ३ लाखको लगानिमा एउटा च्याउ टनेल निर्माण गरि च्याउ खोति सुरु गरिएको र आर्गनिक च्याउको माग बजारमा बढ्दो भएकोले थप २ वटा टनेल निमाण गरि च्याउ खोति गरिँदै आईएको छ । हाल सम्म १५ लाख लगानि भईसकेको छ । दैनिक ६५ किलो च्याउ उत्पादन गर्दै अएको भएपनि माग पुर्ति गर्न दिनको १ क्वीन्टल ३० किलो उत्पादन गर्नु पने देखिएको छ ।

सानो लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मनग्य आम्दानी हुन थालेपछि उनीहरु उत्साहित बनेका छन् । युवा शक्ति बिदेश पलायन हुँनु भन्दा आफ्नैं मुलुकमा उत्पादनमा जोडिनु पर्छ भनेर तीन जना मिलेर च्याउ खेतिसँगै अर्ग्यानिक तरकारी खेती र गड्यौला मल उत्पादनको सुरुवात गरिएको हो ।

अस्ट्रेलियाबाट गड्यौलाको भुरा ल्याएर मल उत्पादन र च्याउ खेती सुरुवात गरिएको हो । थोरै लागानीबाट व्यवसाय सुरु गर्न सकिने भएपछि बारामा च्याउ खेती गर्नेको संख्या बढ्न थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);