बुटवलमा यसरी मनाईयो मगर एकता दिवस् | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुटवलमा यसरी मनाईयो मगर एकता दिवस्

कपिल अधिकारी

बुटवल, १५ फागुन । नेपाली मगरहरुले आज ३९ औ मगर दिवस मनाएका छन् । ३९ वर्ष पहिले पहिलो पटक तनहुंमा भेला भएको दिनलाई नेपाली मगरहरुले मगर दिवसकारुपमा मनाउँदै आएका छन् । मगर दिवसकै अवसरमा रुपन्देहीमा पनि मगरहरुले धुमधामकासाथ मगर दिवस मनाएका हुन ।

शनिबार मगर समुदायले आफ्नो भेषभुषामा सजिएर बुटवलको अस्पताल चोकबाट र्याली निकाल्दै बिभिन्न स्थानहरुको परिक्रमा गर्दै सिद्धेश्वर माबीको चौरमा पुगे । र्यालीमा मगर भेषभुसा झल्कने साँस्कृतिक झाँकीहरुको प्रदर्शन गरेका थिए ।

परम्परागत क्ण्डलेघर, बाटुलेघर, घुमाउनेघर जस्ता लोपोन्मुख झाँकीहरु सहित निस्केको मगर र्यालीमा मगर भेषभुसामा सजिएका सयौं युवा युवतीहरु सडकमा निस्केका थिए । त्यँहा पुगेपछि नाचा गानसँगै खानपिन र आफ्नो अधिकारका कुरा गर्दै मनाउन थाले ।

मगर समुदायको आफ्नो भेषभुषाको संरक्षण गर्दै मगर खाना परिकारको बारेमा सबैलाई बुझाउँदै दिवस मनाए । मगर संघको स्थापना दिवसलाई मगर समुदायले अहिले मगर एकता दिवसको अवसरमा मनाउँदै आएका छन । दिवसलाई पर्वको रुपमा मनाउँदै आएको उनिहरुले बताए ।

दिवसको अवसरमा आफ्नो जातिय पहिचानको एकतालाई जोड दिएका छन । मगर जातिको पहिचानको संरक्षण गर्नको लागि झाँँकीबाट प्रर्दशन गरिएको मगर समुदायका अगुवाहरुको भनाई छ । रुपन्देही जिल्लामा पाल्पा ,गुल्मी , अर्घाखाँचीबाट बसाईसराई गरि आएका मगर समुदायको बसोबास रहेको छ ।

मगर एकता दिवस मनाई रहदा मगर समुदायले भने आफ्नो भाषा विर्सिर्दै गएका छन । दिवसको अवसरमा आफ्नो जातिय पहिचानमा जोड दिने अगुवाहरुले भाषा संरक्षणमा भने त्यति जोड दिँदैनन । भाषा संरक्षण नहुनमा राज्य र समुदाय दोषि देख्छन । रुपन्देही जिल्लामा १ लाख मगर जातीहरु रहेको तथ्याक छ ।

जसमध्ये ५० हजार मातृभाषा बोल्नेहरु रहेका छन । मगर समुदायले फागुन १५ लाई दिवसको रुपमा मनाई रहदा आफ्नो भाष अनि संस्कार संरक्षणको लागि पनि जोड दिन अवाश्यकता छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);