मुलुकमा सुशासन र शान्ति स्थापना गर्न गृहमन्त्री प्रतिबद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौं, १५ फागुन । नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र शान्ति स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री थापाले मुलुकलाई समृद्ध बनाउन पनि सुशासन र शान्ति स्थापना गर्न ढिलाई गर्न नहुनेमा आफू सचेत रहेको स्पष्ट पारे ।

मंगलबार मगर दिवसको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनताको समृद्ध बन्ने चाहना पूरा गर्न सरकार केन्द्रित हुने बताए । उनले भ्रष्टाचार बढेकै कारण मुलुकमा गरिवी नहटेको स्पष्ट पारे।

मन्त्री थापाले मुलुकको निर्माणमा मगर समुदायले उल्लेख्य योगदान दिएको पनि चर्चा गरे । कार्यक्रममा मगर समुदायको तर्फबाट गृह मन्त्रीको जिम्मेवारी पाएको भन्दै थापालाई सम्मान गरिएको थियो । दिवसको अवसरमा मगर समुदायले आफ्नो संस्कृति झल्कने खालका विविध कार्यक्रम प्रस्तुत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);