कांग्रेस संसदीय दलको नेता चयनका लागि फागुन २१ गते निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेस संसदीय दलको नेता चयनका लागि फागुन २१ गते निर्वाचन

congress sarkar

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी २१ गते निर्वाचन हुने भएको छ । संसदीय दलको निर्वाचन समितिको मंगलबार बसेको बैठकले नेता चयन का लागि २१ गतेका दिन निर्वाचनको मिति तोकेको हो ।

बैठकले निर्वाचन प्रारम्भ देखि मतदानको अन्तिम परिणाम घोषणा सम्मका सम्पुर्ण कार्य संञ्चालनका लागि निर्वाचन निर्देशिका पनि पास गरेको छ । त्यसैगरी निर्वाचन समितिका सचिवमा केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई तोकेको छ । संसदीय दलका नेताका लागि २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ ।

२१ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाईएकाले त्यस अघि नै नेता चयन गरेर सो को नतिजा संघिय संसद सचिवालयलाई जानकारी गराइसक्ने गरि तयारी गरिएको नेता चीनकाजी श्रेष्ठले जानकारी दिए ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेर बहादुर देउवा, महामन्त्री शशांक कोइराला र पुर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् । यद्यपी सर्वसम्मतिबाट नै संसदीय दलको नेता चयन गर्नका लागि आन्तरिक छलफल भईरहेको बताईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);