गुटमा सहमति खोज्न लैनचौरको होटलमा शेखर–गगन समूहको भेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गुटमा सहमति खोज्न लैनचौरको होटलमा शेखर–गगन समूहको भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला र गगनकुमार थापासमूहको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा शेखर पक्षीय नेताहरू जुटेका हुन् ।

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारको दाबी गर्दै आएका छन् । नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक देखिएका छन् ।

१४औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका कांग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी छन् ।

संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थालेका छन् । नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेतामा इच्छुक देखिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);