कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन गर्नुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन गर्नुपर्नेमा जोड

congress sarkar

काठमाडौं, १७ फागुन । नेपाली काँग्रेसका नेताहरुले पार्टी संसदीय दलको नेता सर्वसम्मतिमै चयन गर्नुपर्नेमा जोड दिएका छन ।

पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने तयारी गरिरहेको समयमा पार्टीका शीर्ष नेताहरुले सर्वसम्मतिमै दलको नेता चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

काँग्रेस नेता भीमसेनदास प्रधानले देश, जनता र पार्टीको हितका लागि पनि संसदीय दलको नेता चयनका लागि निर्वाचनमा जान उपयुक्त नहुने बताए । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजाने सन्देश दिन पनि नेताहरुले दलको नेतामा प्रतिस्पर्धा गर्न नहुनेमा जोड दिए ।

नेता मोहम्मद अफताव आलमले संसदीय दलको नेता सर्वसम्मतिमै चयन हुने दावी गरे । उनले पार्टीले निर्वाचनमा पराजय व्यहोरेको समयमा दलको नेता चयनमा विवाद गरिरहन नहुनेतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नेता आलमले ५ वर्ष भित्र पार्टीलाई पुरानै अवस्थामा फर्काउन पनि दलको नेता चयन सहमतिकै आधारमा गर्न उपयुक्त हुने सुझाव पार्टी नेतृत्वलाई दिएका छन् ।

त्यसैगरी नेता तुलानारायण चौंधरीले जुन नेताको नाममा सहमति हुन्छ उसैलाई दलको नेता चयन गर्नुपर्ने धारणा राखेका छन् । उनले पार्टी कमजोर भएको बेला नेताहरुले दलको नेताका लागि प्रतिस्पर्धा गर्न नमिल्ने बताए ।

काँग्रेस सांसद पुष्पा भुसालले सर्वसम्मतिमै संसदीय दलको नेता चयन गर्न प्रयास गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन्। संसदमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउने गरी पार्टीलाई एकताबद्ध बनाउन पनि संसदीय दलको नेता सहमतिमा चयन गर्न उपयुक्त हुने उनको सुझाव छ ।

काँग्रेस संसदीय दलको निर्वाचन सोमबार हुँदैछ । निर्वाचनका लागि सभापति देउवाको उम्मेदवारीलाई स्वभाविकै दावेदारको रुपमा हेरिएको छ भने पूर्व महामन्त्री सिंहले देउवा असफल भएको दावी गर्दै आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि पार्टीले निर्वाचनमा हार व्यहोरेको बेला देउवाले संसदीय दलको नेतामा दाबी गर्न नहुने तर्क गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);