'आगामी कात्तिक मसान्त सम्ममा देशमा दोहोरो अंकको आर्थिक वृद्धि' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘आगामी कात्तिक मसान्त सम्ममा देशमा दोहोरो अंकको आर्थिक वृद्धि’

kp oli

आगामी आर्थिक वर्षको पहिलो चौमासिकमै दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा देशमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गरेका छन् ।

बिहीबार बालुवाटारमा नेपाल चेम्बर अफ कमर्शको सुझाब प्रतिवेदन बुझ्दै ओलीले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि हासिल गर्ने दाबी गरेका हुन् ।

गत आर्थिक वर्षमा भएको ७ दशमलव ९ प्रतिशतको आर्थिक बृद्धिदरलाई बढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पु¥याउने योजना रहेको प्रधानमन्त्रीको भनाइ छ ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक बृद्धिका लागि सरकारलाई सुझाव प्रतिवेदन बुझाएका थिए । स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चेम्बरले दिएको सुझाबमध्ये तत्काल गर्न सकिने कामहरु तत्काल अघि बढाउने प्रतिबद्धता जनाए । खतिवडाले सरकारले पूँजी प्रवाहलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरे ।

चेम्वरले ‘आगामी दशक दोहोरो अंकको आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । बिहीबार प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडासमक्ष निजी क्षेत्रको तर्फबाट मुलुकको समस्त आर्थिक विकासका लागि बुझाइएको २३ पृष्ठ लामो सुझाब प्रतिवेदन सरकार र निजी क्षेत्र त्यसका लागि संयुक्त रुपमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा चेम्वरका निवर्तमान अध्यक्ष सुरेश बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, दीपक कुमार मलहोत्रा, इच्छाराज तामाङ, भाष्करराज राजकर्णिकारलगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);