आफ्नै श्रीमान् माथी गोली प्रहार गर्न आदेश दिने श्रीमती सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०७९, शनिबार

आफ्नै श्रीमान् माथी गोली प्रहार गर्न आदेश दिने श्रीमती सहित ३ जना पक्राउ

अनुप तिवारी
वीरगञ्ज, १७ फागुन   । आफ्नै श्रीमानको हत्या गराई प्रेमीसंग विवाह गर्ने षड्यन्त्र बुनेकी एक महिला सहित उनका सहयोगीलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

गएराति वीरगञ्जको रातो बंगला नजिकै उमेशप्रसाद चौरसिया माथी गोली प्रहार भएको घटनामा चौरसियाकै श्रीमती प्रियंका चौरसिया मुख्य योजनाकार रहेको खुलासा भएको छ ।

प्रियंकाले आफ्नो प्रेमी बिकेन्द्र कुमार गुप्तासंग विवाह गर्ने योजना अनुसार हिजो उमेश माथी गोली प्रहार गर्न लगाएकी थिइन् । उमेशको कोखामा गोली लागेको थियो । उनलाई गोली लाग्नासाथ तुरुन्तै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौं पठाइएको छ । अहिले उनको काठमाडाैँ स्थित नर्भिक अस्पतालमा अपचार भइरहेको छ ।

उनको अवस्था सुधार उन्मुख रहेको छ । घटना घटेको २४ घण्टा नबित्दै प्रहरीले घटनाका योजनाकार चौरसियाकी श्रीमती प्रियंकालाई नर्भिक अस्पतालबाट नियन्त्रणमा लिएको छ । गोली हान्ने मनोज गुप्ता र मुन्ना साहलाई बीरगन्जको मुडलीबाट पक्राउ गरिएको छ ।

विवाह पश्चात श्रीमान् दुबई बस्दै आएको मौका छोपी प्रियंकाले बीरगन्जको अपोलो अस्पतालमा कार्यरत सिएमए बिकेन्द्रसंग प्रेम गरेकी थिइन् । प्रियका र बिकेन्द्रले उमेशप्रसाद चौरसिया माथी गोली प्रहार गर्न बाराको मुसहर्वा निवासी मनोज गुप्तालाई २५ हजार दिएको अनुसन्धानमा खुलेको पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले बताए ।

हत्याको जिम्मा लिएका मनोज र प्रियंकाका प्रेमी बिकेन्द्रले ११ हजारमा १२ बोरको कटुवा खरिद गरेका थिए । १ महिना अगाडी दुबईबाट आएका उमेश काम बिशेषले भैरहवा गएको र पर्किने क्रममा प्रियंकाले फोनबाट उमेशको लोकेशन बताई गोलीप्रहार गर्ने मनोजलाई बताउने गरेकाे प्रहरीले जनाएकाे छ ।

वीरगञ्जको रातो बंगला नजिकै रहेको घर आउँने क्रममा गएराती साढे ९ बजे प्रियंकाका प्रेमी बिकेन्द्रको ना ३४ प १०३ नम्बरको मोटरसाइकलमा सवारभई मनोज र मुन्ना साहले उमेश माथी गोली प्रहार गरेका थिए । पर्साको बिन्दवासनी गाउँपालिका झौवा निवासी उमेश दुबईबाट १ महिना अगाडी विदामा घर आएका थिए ।