माओवादी नेता पाण्डेको हत्यामा संलग्न अभियुक्तहरु कारागार चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माओवादी नेता पाण्डेको हत्यामा संलग्न अभियुक्तहरु कारागार चलान

कपिलवस्तु । माओवादी केन्द्रका नेता दिपक पाण्डेको हत्यामा संलग्न योजनाकार मृतकको श्रीमती महिमा पाण्डे लगाएत ११ जना आरोपि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

पाण्डेयको हत्या गर्ने र हतियार दिने गिरोहमा संलग्न ११ अभियुक्तलाई कपिलवस्तु जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको कपिलबसतुका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

माओवादी नेता पाण्डेलाई जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गोली प्रहार पछि घाईते पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाण्डौको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

पाण्डेय सहित तिन जना मोटरसाईकलमा सवार भई तौलिहवा फर्किदै गर्दा उनीहरु माथी गोली प्रहार भएको थियो । सो सम्बन्धमा प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले
अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरेको थियो ।

त्यसै गरि हत्यामा संलग्न कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल र गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटना स्थलमा प्रयोग गरेको स्वचालित पेस्तोल सो को म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।

प्रहरीले साकिर अलिपखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका १ का पुर्ण बिर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको थियो ।

त्यस्तै प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग पुर्याएका ६ जनालाई नै नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका ४ का
ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलि रहेका छन

घटनामा संलग्न व्यक्ति र हातहतियार खोज तलासका लागी प्रहरीले चलाएको “माईक व्हिस्की”अप्रेशनबाट उनिहरुलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);