हस्ताक्षर किर्ते गरी ठगी गर्ने व्यक्ती कारागार चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हस्ताक्षर किर्ते गरी ठगी गर्ने व्यक्ती कारागार चलान

सप्तरी, १४ चैत । सप्तरीको राजगढ गाउपालीकामा हस्ताक्षर किर्ते गरी ठगी गर्ने व्यक्ती कारागार चलान भएकाछन्।

हाल राजबिराज बस्दै आएका अवधेश कुमार झा ले राजगढ गाउपालीकाको स्वर्गीय शोभानन्द ठाकुरको किर्ते हस्ताक्षर गरी ठगी गरेकाहुन ।

ठाकुरको मृत्यु पश्चात निजको नाउँमा रहेको सम्पुर्ण जग्गा लिने खाने उदेश्यले जिल्ला सप्तरी राजगढ गाउपालीका २ को छाप , लेटरप्याड तथा बडा अध्यक्ष समेतको ह हस्ताक्षर किर्ते गरी मालपोत कार्यालय सप्तरीमा पेश गरी प्रचलनमा ल्याई किर्ते गरेको लिखत सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा मिति २०७७ फल्गुन १७ गते आरोपित मध्ये अवधेश कुमार झा निवेदन साथ यस कार्यालयमा हाजिर हुन आई प्रस्तुत मुद्दाको सम्पुर्ण अनुसन्धान पश्चात मिति २०७७ चैत्र १२ गते निज आरोपितलाई सम्मानित सप्तरी जिल्ला अदालतमा पेश गरीएको थियो ।

कारागार चलान भएका झा लाई सप्तरी जिल्ला अदालतले सुक्रबार ८ लाख ३६ हजार ५ सय धरौटी मांग गरेको थियो ।

अभियुक्त झा धरौटी तीर्नु नसकी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);