फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फरार प्रतिवादी पक्राउ

सुमन रायमाझी
सप्तरी, १० चैत। दोहरो नागरीकता कसूर मुद्दाको फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियान अन्तर्गत सम्मानित सप्तरी जिल्ला अदालत राजबिराजको लगत नं १४१५ मिति २०७२ बैशाख १४ गतेको फैसला अनुसार रु २०,०००।– (बिस हजार ) जरिबाना र एक बर्ष कैद सजाय भएको छ ।

बोदेबर्साईन न.पा. वडा नं. ८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा बर्ष ३२ को जिबछ ठाकुरलाई गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७७ चैत्र ०९ गते ११ः४० बजेको समयमा निज जिबछ ठाकुरलाई निजकै घर बाट पक्राउ गरी सोही दिन सम्मानित अदालतमा उपस्थित गराइ निज प्रतिवादीलाई कैद भुक्तानकोलागी कारागार पठाएको, जिल्ला प्रहरी कार्यालय सप्तरी ले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);