लागूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लागूऔषधसहित एक जना पक्राउ

pakrau

सप्तरी, १० चैत । सप्तरी जिल्ला तिलाठी कोईलाडी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र १० गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका ११ बस्ने २२ बर्षिय राजु सरदार छन् ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस खाँडो खोलाबाट खटिएको एपीएफ टोलीले निज सरदारलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लिजेसिक ईन्जेक्सन ३५ वटा, डाईजेपाम ईन्जेक्सन ३५ वटा र फेनारगन ईन्जेक्सन ३५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज सरदारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);