एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

dampati pakrau

काठमाडौं, १ चैत । बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र १ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको परवानीपुर गाउँपालिका ५ बस्ने २० वर्षिय शैलेन्द्र साहकानु छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश छतवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ईन्जेक्सन ४ सय ९८ वटा ब्रुफिन ४ सय ९८ वटा र फेनारागन ४ सय ९८ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निजलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको छ ।

यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ३ करेसावारीबाट फागुन २९ गते एपीएफ टोलीले २० वटा स्पास्प्राट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको
छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको टिकापुर नगरपालिका बस्ने २० वर्षिय अम्मर साउद र २० वर्षिय ईन्द्र रावल छन् ।

मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कुसुमबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका भजनीमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);