बागलुङमा युवा भैंसीपालनमा आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बागलुङमा युवा भैंसीपालनमा आकर्षित

बागलुङ, १ चैत। मुलुकमा रोजगारीको लागि राम्रो वातावरण नभएको भन्दै दैनिक रूपमा युवा जनशक्ति बिदेशीने क्रम बढ्दो छ । तर बागलुङका एक युवा भने जापानमा ८ बर्ष सिकेको सिपलाई स्वदेशमै प्रयोग गरेर उदाहरणीय कामको थालनी गरेका छन् ।

बागलुङका ३० वर्षीय युवा प्रदीप केसी भैंसी पालन ब्यबसायमा रमाउन थालेका छन् । यसअघि जापानमा आठ वर्ष बिताएर स्वदेश फर्किएका उनि कृषि कर्ममा आफ्नो भबिस्य निर्माण गरिरहेका छन् । २०७४ सालमा गलकोट नगरपालिका वडा नम्बर ९ मसुरबारीमा गलकोट पशु विकास फार्म दर्ता गरेर २ वटा भैंसी पालन ब्यबसाय शुरूवात गरेका उनिसँग यतिबेला १५ वटा बिकासे भैंसी छन् ।

अहिले उनले दैनिक ८० लिटर दुध बजारमा बिक्रीवितरण गरेर राम्रो आम्दानी गर्न सफल भैरहेका छन्। भैंसीपालन कार्यमा दाना लगायतको खान्की महँगो भएकाले यसको व्यवस्थापनमा भने चुनौती रहेको केसीको भनाई छ । हाल ५० लाख लगानी गरिसकेको सो व्यवसाय गाउँमा उदाहरणीय बनेको छ । यसरी उद्यममा लागेका युवा ब्यबसायीलाई सहुलियत दरमा सहकारी मार्फत ऋण समेत प्रवाह भैरहेको छ ।

मुलुकबाट युवा श्रम शक्ति बिदेशीदै गएको समयमा युवाको तहबाट भएको यो पहलले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । सरकारले कृषिमा लागेकालाई आर्थिक अनुदान र सहयोग गरिरहेको खबर बाहिर आइरहेको भएपनि वास्तविक कृषि कर्ममा लागेका कृषक कहाँ भने त्यो सहयोग कम मात्रामा पुग्ने गरेको देखिन्छ ।

सरकारले बाड्ने अनुदानको रकम प्रभावकारी रुपमा कृषिमा आवद्ध किसानलाई दिने हो भने युवा जनशक्तिलाई व्यावसायीक कृषि तर्फ डो¥याउन प्रेरीत गर्न सकिने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);