पशुपालनबाट मासिक ६० हजार आम्दानी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पशुपालनबाट मासिक ६० हजार आम्दानी

श्याम गुप्ता

बारा, ९ फागुन । दैनिक २ हजारको हाराहारीमा रोजगारका लागि युवा विदेश पलायन भइ रहेका छन् । तर बाराको जीतिपुरसिमरा उपमहानगरपालिका १६ का लक्ष्मण केसीले पशुपालनबाट मासिक ६० हजार आम्दानी गर्न सफल भएका छन् । सात बर्ष विदेश बसेर पर्किएका केसीले स्वदेशमै ६० हजार आम्दानी गर्न सफल भएका हुन् ।
०००
बाराको जीतिपुरसिमरा उपमहानगरपालिका १६ का लक्ष्मण केसी सात बर्षको विदेशबसाई सम्झन पनि चाहन्नन् । विदेशमा दुख पाएर स्वदेश फर्किएका केसीले पशुपालन पेसा सुरु गरेका हुन् । मासिक ६० हजार आम्दानी गर्न सफल भएका केसी मेहनत गरे विदेशमा भन्दा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने बताउँछन् । कुखुरा पालन समेत गरेका केसी पटक पटक असफल भएपछि निरास भएका थिए । तर कुशल व्यवसायी परामर्श केन्द्रबाट तालिम लिएर पशुपानल सुरु गरेपछि उनी सफल भएका हुन् ।

२२ वटा गाई र भैंसी पालेका केसी बिहानै दुध बोकेर डेरी पुग्छन् । उनले दुध बेचेरै आफ्नो परिवार चलाएका छन् । कुनै समय परिवार चलाउन कठिन भएको भन्दै निरास भएका केसीको मुहारमा आझभोली खुसी छाएको छ । उनको सफलतामा घरपरिवारले पनि साथ दिएका छन् ।

पुशुपालनबाट मासिक ६० हजार आम्दानी गर्न थालेपछि केसी सफल युवाको रुपमा बारामा चिनिन थालेका छन् । युवालाई सिप सिकाउने हो भने स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण केसीले दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);