उखुको नापतौलमा ठगी गर्ने काँटा सञ्चालकलाई कारबाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उखुको नापतौलमा ठगी गर्ने काँटा सञ्चालकलाई कारबाही गर्न माग

ukhu

नवलपरासी, ९ फागुन । नवलपरासीका कृषकहरुले उखुको नापतौलमा ठगी गर्ने काँटा सञ्चालकलाई कारबाही गर्न माग गरेका छन् ।

नापतौलमा ठगी गर्ने काँटा सञ्चालकलाई कारबाही गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपनि प्रशासनले कारबाही गर्न चाँसो नदिएको भन्दै कृषकहरुले अख्तियारमा उजुरी दिने निर्णय गरेका छन् । उखु उत्पादक कृषक समिति नवलपरासीले सम्बन्धित ब्यक्तिहरुमाथि उजुरी गर्ने निर्णय गरेको हो ।

नवलपरासीमा ५० वटा उखु काँटा मध्ये २५ भन्दा बढि अवैध काँटा संचालनमा रहेका छन् । १० दिन अघि जिल्ला प्रशासन कार्यालय र नापतौल प्रमुखले नै अवैध काँटा सिज गरेका थिए ।

तर सिज गरिएको काँटा नै संचालनमा ल्याएपछि कृषक आन्दोलित भएका हुन् । त्यस्तै कृषकहरुले चिनी मिलबाट चिनीको निकासी रोक्ने निर्णय पनि गरेका छन् ।

उखुको मुल्य निर्धारण नहुँदा सम्म पुरानै मुल्य ५ सय ३१ रुपैयाँको दरले कृषकलाई पेश्की दिन सरकारले पत्रचार गरेपनि मिलहरुले अटेर गरेको भन्दै कृषकहरुले चिनीको निकासी रोक्ने निर्णय गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);