हलो र उखु लिएर माइतीघरमा उखु किसानको प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

हलो र उखु लिएर माइतीघरमा उखु किसानको प्रदर्शन जारी

काठमाडौं, ८ पुष । उखु किसानहरुले बुधबार पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु बुधबार पनि सडकमा निस्किएका हुन् ।

उखु किसानहरु मसिर २८ गते देखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघर मण्डलामा आएर संघर्ष गरिरहेका छन् । चिनी मिल सञ्चालकहरुले सबै किसानको भुक्तानी नदिए सम्म आन्दोलनका कार्यक्रम नरोक्ने उखु किसानहरुले बताएका छन् ।

मिल सञ्चालकहरुबाट किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । सरकारले गत वर्ष नै किसानको उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालक बीच सम्झौता गराएको थियो । सरकारको रोहबरमा एक महिना भित्रमा भुक्तानी दिने सम्झौता भएपनि किसानहरुले एक वर्ष सम्म पनि भुक्तानी पाउन सकेनन् । त्यसैले किसानहरु फेरीपनि काठमाडौं आएर संघर्ष गर्न बाध्य भएका हुन् ।

यसपटक सरकारले उखु किसानहरुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बताएको छ तर अहिले सम्म कुनैपनि कारबाही गर्न सकेको छैन् । किसानहरुले सरकारसँग पटकपटक कुराकानी भएको तर उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन् ।

किसानहरुले आफुहरुले पाउनुपर्ने रकमको भुक्तानी दिलाउने जिम्मेवारी सरकारले नलिदासम्म संघर्षलाई जारी राख्ने बताएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);