भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म उखु किसानकाे आन्दोलन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म उखु किसानकाे आन्दोलन जारी

काठमाडौं, ६ पुष । उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने स्पष्ट गरेका छन् ।

उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिएसम्म आन्दोलन जारी राख्ने स्पष्ट गरेका हुन् ।

चिनी मिल सञ्चालक र सरकारले पटक पटक झुटो आश्वासन दिएकाले यसपटक भुक्तानी नपाएसम्म आन्दोदलन नरोकीने उनिहरुको भनाइ छ । उखु किसान संघर्ष समितिका सचिव गोपाल यादवले किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाईमा ढुक्क हुन नसक्ने बताउनुभयो ।

उहाँले सरकारले मिति तोकेर भुक्तानी दिलाईदिने जिम्मेवारी लिए आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);