बक्यौता रकम पाउनुपर्ने माग गर्दै उखु किसानको प्रदर्शन शनिबार पनि जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बक्यौता रकम पाउनुपर्ने माग गर्दै उखु किसानको प्रदर्शन शनिबार पनि जारी

काठमाडौं, ११ पुष । उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु शनिबार पनि सडकमा निस्किएका हुन् ।

विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् । चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिए सम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् ।

चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो । तर एक वर्ष सम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्षपनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);