उखु किसानको प्रदर्शन मंगलबार पनि जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उखु किसानको प्रदर्शन मंगलबार पनि जारी

काठमाडौं, ७ पुष । उखु किसानहरुले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन् ।

किसानहरुले चिनी मिल सञ्चालकहरुबाट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ । गत वर्षको सरकारले उद्योगीहरुबाट भुक्तानी दिलाउन किसान र उद्योगी बिच सम्झौता गराएपनि उक्त सम्झौता अनुसार भुक्तानी नपाएपछि किसानहरु फेरी काठमाडौंको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् ।

सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने बताएपनि अहिले सम्म कुनैपनि उद्योगीलाई कारबाही गरेको छैन् । किसानहरुले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन् ।

उखु किसानहरुले आफुहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);